इस्राएलीहरूले मिश्र देश छोडेको दुई वर्ष भएको थियो। त्यस वर्ष दोस्रो महिनाको पहिलो दिनमा परमप्रभु मोशासित बोल्नुभयो, त्यस बेला सीनैको मरुभूमिमा परमेश्वरले आफू बसेको पवित्र पालमा मोशालाई यसो भन्नुभयो, “तँ र हारूनले परिवार-परिवार र गोत्र-गोत्रअनुसार इस्राएलका जन-समुदायको गन्ती लिनुपर्नेछ। बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक सबै मानिसहरूका नामको सूची बनाओ। हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्नो मद्दतको लागि लेओ।” यस कामको लागि इस्राएली समाजबाट छानिएका कुल-कुलका मुखियाहरू यी मानिसहरू हुन्: रूबेन शदेऊरको छोरो एलीसूर शिमियोन सूरीशद्दैको छोरो शलूमीएल यहूदा अम्मीनादाबको छोरो नहशोन इस्साखार सूआरको छोरो नतनेल जबूलून हेलोनको छोरो एलीआब एफ्राइम अम्मीहूदको छोरो एलीशामा मनश्शे पदासूरको छोरो गमलिएल बेन्यामीन गिदेओनीको छोरो अबीदान दान अम्मीशद्दैको छोरो अहीएजेर आशेर ओक्रानको छोरो पगीएल गाद दूएलको छोरो एल्यासाप नप्ताली एनानको छोरो अहीरा। यी मानिसहरूको मद्दतले दोस्रो महिनाको पहिलो दिनमा मोशा र हारूनले सबै इस्राएलीहरूलाई एक ठाउँमा बोलाए र परिवार-परिवार र गोत्र-गोत्र गरेर तिनीहरू सबैका नाम सूचीमा लेखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका पुरुषहरूका नाम तिनीहरूले लेखेर गन्ती गरे। सीनैको उजाड-स्थानमा मोशाले इस्राएलीहरूका नामको सूची तयार गरे। बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक पुरुषहरूको नाम तिनका परिवार-परिवार र गोत्र-गोत्रअनुसार लेखिए। त्यसको सुरु याकूबका जेठा छोरा रूबेनको कुलबाट भएको थियो। तिनीहरूका सङ्ख्या यस्ता थिए: रूबेन ४६,५०० शिमियोन ५९,३०० गाद ४५,६५० यहूदा ७४,६०० इस्साखार ५४,४०० जबूलून ५७,४०० एफ्राइम ४०,५०० मनश्शे ३२,२०० बेन्यामीन ३५,४०० दान ६२,७०० आशेर ४१,५०० नप्ताली ५३,४०० जम्मा ६,०३,५५०।
गन्ती 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 1:1-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू