पवित्र विश्रामको दिन बितिसकेपछि त्यही बेलुका मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा लगाउन सुगन्धित तेलहरू किने। भोलिपल्ट हप्ताको पहिलो दिन बिहानै घाम झुल्कँदा तिनीहरू येशूलाई राखिएको चिहानमा गए। बाटोमा जाँदा तिनीहरूले ‘चिहानको मुखमा लगाएको ढुङ्गाचाहिँ कसले हटाइदेला?’ भन्दै थिए। तर चिहानमा पुग्दा त त्यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ। तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए। तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्न, उहाँ त बिउँतिएर गइसक्नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त! तर अब गएर उहाँका चेलाहरू र खास गरी पत्रुसलाई ‘येशू अघिबाटै गालीलमा गइसक्नुभएको छ। उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहीं देख्नेछौ’ भनेर भनिदेओ।” त्यति बेला तिनीहरू एकदमै अत्यास मानेर काम्दै चिहानबाट निस्केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्। येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्नुभएको थियो।
मर्कूस 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 16:1-9
8 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू