मत्ती 6:28-30

मत्ती 6:28-30 सरल नेपाली

“के लगाउने होला भनेर तिमीहरू किन चिन्‍ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजाको त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्। आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्‍वरले यसरी सिंगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै त तिमीहरूको विश्‍वास?

मत्ती 6 पढ्नुहोस्

मत्ती 6:28-30 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति