मत्ती 10:28-31
मत्ती 10:28-31 सरल नेपाली
मानिसहरूले त तिम्रो शरीरलाई मात्र मार्न सक्छन्, तिमीहरूको आत्मालाई चाहिँ तिनीहरूले बिगार गर्न सक्दैनन् नि! यसैले आत्मालाई मार्न नसक्नेहरूदेखि नडराउनू, बरु तिम्रो आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नुहुने परमेश्वरदेखि नै डराउनू। तर हेर, दुईटा भङ्गेरा एक पैसामा बेचिन्छन्, होइन र? तापनि एउटै भङ्गेरा पनि परमेश्वरको इच्छाबिना भूइँमा खस्दैन। झन् तिमीहरूका एक-एक केशसमेत गनिएका छन्। त्यसैले नडराओ! भङ्गेराहरूभन्दा त तिमीहरू धेरै मूल्यवान् छौ।

