लूका 23:33-38

लूका 23:33-38 सरल नेपाली

तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए। त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्‍वरले छानेको मुक्ति दिने राजा ख्रीष्‍ट नै हो भने आफैंलाई पनि बचाओस्।” सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्‍ला गर्दै भने, “यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्‍ड्याइएको थियो।

लूका 23 पढ्नुहोस्

लूका 23:33-38 को लागि पद छवि

लूका 23:33-38 - तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए। त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्‍यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्‍वरले छानेको मुक्ति दिने राजा ख्रीष्‍ट नै हो भने आफैंलाई पनि बचाओस्।”
सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्‍ला गर्दै भने, “यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्‍ड्याइएको थियो।

लूका 23:33-38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति