लेवी 6:1-7

लेवी 6:1-7 सरल नेपाली

परमप्रभुले मोशालाई यस्‍तो नियम दिनुभयो। यदि कुनै मानिसले आफ्‍नो छिमेकीले आफूसँग धरौटी राखेको कुरा फर्काएन वा त्‍यसको केही कुरा चोर्‍यो वा ठग्‍यो वा कुनै हराएको कुरा पाएर पनि मैले पाइनँ भनेर झूटो किरिया खाएर ढाँट्यो र त्‍यसरी परमप्रभुको विरुद्धमा पाप गर्‍यो भने त्‍यस मानिसले एउटा दोषबलि चढाउनुपर्नेछ। त्‍यस्‍तो कुनै पाप गरेपछि त्‍यस मानिसले आफूले बेइमानीसाथ ठगेको कुराको लागि फिर्ता दण्‍डस्‍वरूप दिनुपर्नेछ। त्‍यसको निम्‍ति दोषबलि चढाएको दिन त्‍यसले त्‍यो चीजको धनीलाई त्‍यसको पूरा दाम र त्‍यसमाथि अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। त्‍यसले पूजाहारीकहाँ एउटा निष्‍खोट भेडा वा बोको दोषबलि चढाउन ल्‍याउनुपर्छ। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ। पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ।

लेवी 6 पढ्नुहोस्