होशे 12:2-4
होशे 12:2-4 सरल नेपाली
परमप्रभुले यहूदाका बासिन्दाहरूका विरुद्ध दोष लगाउनुहुन्छ। इस्राएललाई पनि त्यसका बासिन्दाहरूका कामको निम्ति उहाँले दण्ड दिनुहुनेछ। तिनीहरूका कामअनुसार उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ। तिनीहरूका पुर्खा याकूबले आफ्ना जुम्ल्याहा दाइ एसावसित आमाको गर्भमा छँदाखेरि नै जुद्धै आए। ठूलो भएपछि पनि याकूबले परमेश्वरसित सङ्घर्ष गरे, तिनले स्वर्गदूतसित लडाइँ गरेर जिते। तिनले रोएर आशिष् मागे। बेथेलमा परमेश्वर हाम्रा पुर्खा याकूबकहाँ आउनुभयो र उनीसित बोल्नुभयो।

