उत्पत्ति 42:1-4
उत्पत्ति 42:1-4 सरल नेपाली
याकूबले सुने कि मिश्रमा अन्न छ उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन केही गर्दैनौ? मिश्रमा अन्न छ भनी मैले सुनेको छु। त्यहाँ गएर केही अन्न किनिल्याओ र हामी भोकले मर्नुनपरोस्।” योसेफका दश जना दाजुहरू मिश्रमा अन्न किन्न गए। तर उनका भाइ बेन्यामीनलाई तिनीहरूसित याकूबले पठाएनन् किनभने त्यसलाई केही भइहाल्छ कि भनी उनी डराउँथे।

