उत्‍पत्ति 39:1-4

उत्‍पत्ति 39:1-4 सरल नेपाली

इश्‍माएलीहरूले योसेफलाई मिश्रमा लगेर पोतीफरको हातमा बेचिदिएका थिए। तिनी राजाका अधिकृत अनि राजमहलको पहरेदारहरूका कप्‍तान थिए। परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो र त्‍यहाँ उनलाई फलिफाप भयो। उनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। परमप्रभु योसेफसित हुनुहुन्‍छ र तिनले हात हालेको काममा सफल हुन्‍छन् भनी पोतीफरले देखे। पोतीफर योसेफसित प्रसन्‍न थिए र उनलाई आफ्‍नो निज चाकर बनाए। आफ्‍नो घर र त्‍यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्‍मामा दिए।

उत्‍पत्ति 39 पढ्नुहोस्