एक समय तिमीहरू कस्ता थियौ, सम्झ। शरीरको अङ्गमा हातद्वारा खतना लाउने इस्राएलीहरूले आफैंलाई शरीरमा खतना लाएका र तिमीहरूलाई खतना नलाउने अरू जातिका मानिस भन्छन्। त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग्गै थियौ। तिमीहरू परमेश्वरका छानिएका जाति इस्राएलसँग सम्बन्ध नै नभएको विदेशी थियौ। परमेश्वरले प्रतिज्ञाहरू गरेर जोड्नुभएको करारमा तिमीहरूको कुनै स्थान थिएन अनि संसारमा तिमीहरू बिनाआशा र बिनापरमेश्वर थियौ। हामीलाई मेल गराउने नै ख्रीष्ट हुनुहुन्छ किनभने उहाँले नै आफ्नो रगत बगाएर इस्राएली र अरू जातिका मानिसलाई परमेश्वरको छेउमा ल्याउनुभयो।
एफिसी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 2:11-13
7 दिनहरू
चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू