व्यवस्था 18
18
पूजाहारीको हिस्सा
1“लेवीको पूजाहारी कुलले इस्राएलमा कुनै जमिनको हिस्सा पाउनेछैन। त्यसका सट्टामा परमप्रभुलाई चढाइएका भेटी र अरू बलिदानबाट नै तिनीहरूले आफ्ना जीविका चलाउनेछन्। 2#गन्ती 18:20अरू कुलहरूले झैँ तिनीहरूले जमिन लिन पाउनेछैनन्। परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार उहाँका पूजाहारी हुने विशेष अधिकार मात्र तिनीहरूको हिस्सा हो।
3“गाई-गोरु वा भेडा बलि चढाउँदा तिनका काँध, बङ्गरा र पेट पूजाहारीहरूलाई दिनुपर्छ। 4अन्न, दाखमद्य, जैतुनको तेल र ऊनको पहिला हिस्सा तिनीहरूले पाउनेछन्। 5तिम्रा सबै कुलहरूबाट लेवी कुललाई परमप्रभुले सदासर्वदा पूजाहारी भई उहाँको सेवा गर्नको निम्ति चुन्नुभयो।
6“इच्छा गर्ने लेवी इस्राएलको कुनै पनि सहरबाट त्यो एकमात्र आराधना-स्थलमा आएर 7त्यहाँ सेवा गर्ने अरू लेवीले झैँ परमप्रभु आफ्ना परमेश्वरको पूजाहारी भई सेवा गर्न सक्दछ। 8अरू पूजाहारीहरूको बराबर उसले भोजन पाउनेछ र उसका परिवारले पठाएका सबै कुरा राख्न सक्नेछ।
कुरीतिथिति विरुद्ध चेतावनी
9“परमप्रभुले तिमीहरूलाई दिन लाग्नुभएको देशमा जब तिमीहरू आइपुग्छौ, त्यहाँ बास गर्ने जातिहरूका घिनलाग्दा रीतिथिति नमान। 10#लेवी 19:26; प्रस्थान 22:18वेदीमाथि आगोमा आफ्ना छोरा-छोरीहरूलाई बलि नचढाओ र तिम्रा मानिसहरूलाई जोखना हेर्न, साइत हेराउन, मन्त्रतन्त्र तथा 11#लेवी 19:31टुनामुना गर्न नदेओ। तिनीहरूलाई प्रेत-आत्मासित सल्लाह लिन नदेओ। 12परमप्रभु तिम्रा परमेश्वरले यस्ता घिनलाग्दा काम गर्ने मानिसहरूलाई घिन गर्नुहुन्छ। त्यसैकारण तिमीहरू अघि बढ्दै जाँदा ती जातिहरूलाई उहाँले त्यस देशबाट धपाउँदैहुनुहुन्छ। 13#मत्ती 5:48परमप्रभुप्रति पूर्णरूपले विश्वासयोग्य रहो।”
अगमवक्ता पठाउने प्रतिज्ञा
14तब मोशाले भने, “तिमीहरूले अधीन गर्न लागेको देशमा मानिसहरूले जोखना हेर्न र साइत हेराउनेहरूका सल्लाह मान्छन् तर तिमीहरूलाई परमप्रभु तिम्रा परमेश्वरले त्यसो गर्न दिनुहुन्न। 15#प्रेरित 3:22; 7:37त्यसका सट्टामा तिमीहरूका आफ्नै मानिसहरूका माझबाट उहाँले मजस्तै एक जना अगमवक्ता पठाउनुहुनेछ र तिमीहरूले उसको आज्ञा मान्नुपर्छ।
16“तिमीहरू सीनै पर्वतमा भेला भएका बेलामा तिमीहरूले परमप्रभु बोल्नुभएको फेरि सुन्नु नपरोस् तथा उहाँको आगोजस्तो बल्दो उपस्थिति देख्नु नपरोस् भनी बिन्ती गर्यौ किनभने मरौँला भन्ने डर तिमीहरूलाई थियो। 17यसकारण परमप्रभुले मलाई यसो भन्नुभयो, ‘तिनीहरूले उचित बिन्ती गरे। 18म तिनीहरूकै मानिसहरूमध्येबाट तँजस्तै एक जना अगमवक्ता पठाउनेछु। त्यसले के भन्नुपर्छ, त्यो म त्यसलाई बताउनेछु र मैले आज्ञा गरेका सबै कुरा त्यसले मानिसहरूलाई भन्नेछ। 19#प्रेरित 3:23त्यसले मेरो नाममा बोल्नेछ र त्यसको कुरा नमान्ने सबैलाई म दण्ड दिनेछु। 20तर मेरो आज्ञा नभई कुनै अगमवक्ताले मेरो नाममा केही वचन दिने साहस गर्यो भने त्यो मर्नुपर्नेछ। त्यसरी नै अरू देव-देवताका नाममा बोल्ने अगमवक्ता पनि मर्नुपर्नेछ।’
21“कुनै अगमवक्ताको वचन परमप्रभुबाट आएको हो कि होइन भनेर कसरी बुझ्न सकिन्छ भनी तिमीहरूले आपसमा सोधौला। 22कुनै अगमवक्ताले परमप्रभुको नाममा बोल्दा त्यो साँचो भएन भने त्यो परमप्रभुको वचन होइन। त्यसले आफ्नै मनले बोलेको हो र तिमीहरूले त्यसको डर मान्नुपर्दैन।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: