२ तिमोथी 1:5-7
२ तिमोथी 1:5-7 सरल नेपाली
मलाई तिमीमा भएको त्यो सोझो विश्वासको सम्झना छ। तिम्री बजै लोइस र आमा युनिसमा सोझो विश्वास थियो र तिम्रो पनि त्यस्तै सोझो विश्वास भएको मलाई सम्झना छ र अझै तिमीमा त्यस्तै विश्वास छ भन्ने मेरो विश्वास छ। यसैकारण म तिमीलाई फेरि सम्झना गराउँदै भन्छु, मैले तिमीमाथि हात राख्दा परमेश्वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्नू किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्ने आत्मा दिनुभएको छ।

