१ कोरिन्थी 7:10-16
१ कोरिन्थी 7:10-16 सरल नेपाली
बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्नै त होइन, प्रभुको हो। स्वास्नीले लोग्नेलाई नछोडोस् अनि लोग्नेले स्वास्नीलाई पनि नत्यागोस्। स्वास्नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्यसै बसोस् कि फेरि आफ्नो लोग्नेसँग मिलेर बसोस्। अरूहरूलाई प्रभुबाट होइन, म आफैं भन्दछु, ख्रीष्टिय भाइको येशूमा विश्वास नगर्ने स्वास्नी छ र ऊसँगै बस्न चाहन्छे भने उसलाई नत्याग्नू। त्यस्तै कुनै ख्रीष्टिय बहिनीको येशूमा विश्वास नगर्ने लोग्ने छ र ऊसँगै बस्न राजी छ भने उसलाई नछोड्नू किनभने विश्वास नगर्ने लोग्ने विश्वास गर्ने स्वास्नीद्वारा पवित्र ठानिन्छ र विश्वास नगर्ने स्वास्नीचाहिँ विश्वास गर्ने लोग्नेद्वारा पवित्र ठानिन्छे। यदि त्यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्। तर विश्वास नगर्नेले आफ्नो ख्रीष्टिय लोग्ने वा स्वास्नीलाई छोड्न चाहन्छ भने छोड्न देओ। त्यस बेलाचाहिँ विश्वास गर्ने भाइ वा बहिनी स्वतन्त्र हुन्छ। परमेश्वरले तिमीहरूलाई त शान्तिको लागि छान्नुभएको हो। के विश्वास गर्ने स्वास्नीले लोग्नेलाई वा त्यस्तै विश्वास गर्ने लोग्नेले स्वास्नीलाई बचाउन सक्छ भनी तिमीहरूलाई थाहा छैन?

