यहूदियामा बस्ने ख्रीष्टका पवित्र जनहरूका लागि पैसा जम्मा गर्ने बारेमा मैले गलातीको ख्रीष्टिय मण्डलीलाई भनेझैँ नै गर। प्रत्येक हप्ताको पहिलो दिन सबैले आफ्नो आम्दानीबाट केही न केही छुट्याएर जम्मा गर। त्यसो हुँदा म आएको बेला पैसा उठाइरहनुपर्दैन। म आएपछि मेरो पत्रसँग तिमीहरूले रोजेका मानिसहरूलाई नै त्यो पैसा यरूशलेममा पुर्याउन पठाउनेछु। म आफैं जानुपर्छ भने पनि तिनीहरूलाई लिएर जानेछु। म माकेडोनियाबाट फर्कंदा तिमीहरूकहाँ आउनेछु। अहिलेचाहिँ म सोझै माकेडोनिया भएर जान्छु। फर्कंदाचाहिँ तिमीहरूकहाँ आएर बस्छु होला, सायद हिउँदभरि नै बस्छु होला। त्यसपछि म जहाँ जाँदा पनि तिमीहरूले मलाई सहायता गर्न सक्छौ किनभने निक्लेर थोरै समय भेट्ने होइन, तर प्रभुको इच्छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्ने आशा राखेको छु। पेन्तिकोसको दिनसम्म म एफिससमा हुनेछु। विरोधीहरू धेरै भए पनि त्यहाँ प्रभुको ठूलो काम गर्ने राम्रो मौका मिलेको छ।
१ कोरिन्थी 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 16:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू