१ इतिहास 20
20
दाऊदले रब्बा सहर कब्जा गर्छन्
(२ शमूएल १२:२६-३१)
1 #
2 शमूएल 11:1
अर्को बसन्त ऋतुमा जब राजाहरू लडाइँमा जाने समय आयो, योआबले सेना लिएर गए र अम्मोन देशमाथि आक्रमण गरे। दाऊद राजाचाहिँ यरूशलेममा नै बसे। तिनीहरूले रब्बा सहरलाई घेरे, त्यसमाथि हमला गरे र त्यसलाई ध्वस्त पारे। 2अम्मोनी देवता मिल्कोमको शिरमा एउटा सुनको मुकुट थियो, जसको ओजन प्राय: पैंतीस किलोग्राम थियो। त्यसमा एउटा रत्न जडिएको थियो। दाऊदले त्यो मुकुट लिएर आफ्नै शिरमा लाए। तिनले सहरबाट धेरै लुटका सामान पनि लिए। 3सहरका मानिसहरूलाई तिनले कैदमा लिए र तिनीहरूलाई आरा, फलामका कोदाला र बन्चरोहरू लिएर काम गर्न लाए। अम्मोनका अरू सहरका बासिन्दाहरूसित पनि उनले त्यसै गरे। त्यसपछि आफ्ना सेनासित उनी यरूशलेम फर्के।
पलिश्ती दैँत्यहरूजस्तासित लडाइँ
(२ शमूएल २१:१५-२२)
4फेरि पछिबाट पलिश्तीहरूसित गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले एउटा सिप्पै नाम गरेको दैँत्यजस्तालाई मारे र पलिश्तीहरूको हार भयो।
5 #
१ शमूएल 17:4-7
पलिश्तीहरूसित अर्को लडाइँ भयो। याईरको छोरो एल्हानानले गातका गोल्यतको भाइ लहमीलाई मारे। लहमीको भालाको डन्डा तानको डन्डाजत्तिकै मोटो थियो।
6अर्को लडाइँ गातमा भयो। त्यहाँ हात र खुट्टामा छ-छ वटा औँला भएको एउटा दैँत्यजस्तो मानिस थियो। त्यो प्राचीनकालका दैँत्यहरूजस्ताको सन्तान थियो। 7त्यसले इस्राएलीहरूलाई धम्की दियो र दाऊदको दाजु शिमेअको छोरो जोनाथनले त्यसलाई मारे।
8दाऊद र उनका मानिसहरूले मारेका यी तीन जना गातका रफाका दैँत्यहरूजस्ताका सन्तान थिए।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 20: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: