परमप्रभुको यो वचन मकहाँ आयो: “बेबिलोनको निर्वासनबाट आएका हेल्दै, तोबियाह र यदायाहबाट भेटी ली। त्यही दिन सपन्याहको छोरो योशियाहको घरमा जा। सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे। त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ। त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।” हेल्दै, तोबियाह, यदायाह र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति त्यो मुकुट दिइनेछ। जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान् परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।”
जकरिया 6 पढ्नुहोस्
सुन्नुहोस् जकरिया 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 6:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू