भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। उदाहरणको लागि, एउटी विवाहिता स्त्री तिनको पति बाँचुञ्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे। यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्।
रोमी 7 पढ्नुहोस्
सुन्नुहोस् रोमी 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 7:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू