YouVersion Logo
Search Icon

भजनसंग्रह पुस्‍तक परिचय

पुस्‍तक परिचय
भजनसंग्रहको पुस्तक व्‍यक्तिगत र सामूहिक रूपमा आराधना गर्दा प्रयोग गर्ने भजनहरू, स्तुति प्रशंसा र प्रार्थनाको संग्रह हो। भजनसंग्रहका गीतहरू लगभग १,००० ईसा पूर्वमा इस्राएलीहरूको सुनौलो युग (परमेश्‍वले आशिष्‌ र उन्‍नति दिनुभएको समयमा) लेखिएका हुन्‌। तर कति भजनहरू ७२२-५८६ ईसा पूर्वमा अश्‍शूर र बेबिलोनमा यहूदीहरूको कैदको समयमा लेखिएका हुन्, उदाहरणको लागि भजनसंग्रह १३७ लाई लिन सकिन्छ।
भजनसंग्रहका आधा भाग संकष्‍टको समयमा गरिने विश्‍वासको प्रार्थनाले ओगटेको छ भने, ४० वटा जति भजनहरूले परमेश्‍वरको प्रशंसाको विषयलाई छोएका छन्‌। भजनसंग्रहका भजनहरूको सुरुमा लेखिएका परिचयलाई हेर्ने हो भने ७२ वटा भजनका लेखक राजा दाऊद हुन्‌। त्यसरी नै १२ वटा भजन सङ्गीतकार आसापका हुन्‌। ११ वटा भजनका लेखक कोरहका छोराहरू हुन्‌। २ वटाका लेखक राजा सोलोमन हुन्‌। मोशा र एतान एक-एक भजनका लेखकहरू हुन्‌। भजनसंग्रहका हरेक भजनले निचोडमा मानिसलाई परमेश्‍वरको उच्‍च आदर गर्नको लागि विशेष जोड गर्दछ र भजन १५० ले सम्‍पूर्ण भजनसंग्रहको निष्‍कर्षको रूपमा परमेश्‍वरको महिमा गर्न सबै प्राणीलाई र सृष्‍टिलाई नै निमन्‍त्रणा दिँदछ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy