भजनसंग्रह 3

3
सहायताको निम्‍ति बिहानको प्रार्थना
आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन #२ शमू १५:१३-१७,२२
1हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌! मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌।
2मेरो विषयमा धेरैले भनिरहेछन्‌, “परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछैन।” सेला#3:2 सङ्गीतको विराम
3तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ।
4म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु,
र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ।
5म पल्‍टन्‍छु, र निदाइहाल्‍छु, म फेरि बिउँझन्‍छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्‍नुहुन्‍छ।
6मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्‍ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।
7हे परमप्रभु, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌! मेरा सबै शत्रुहरूका गालामा चड्‌काउनुहोस्‌।
दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्‌।
8छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्‌! सेला

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 3: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्