YouVersion Logo
Search Icon

भजनसंग्रह 18

18
परमेश्‍वरले छुटकारा दिनुभएकोमा परमप्रभुको प्रशंसा
सङ्गीत-निर्देशकको निम्‍ति शत्रुहरू र शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन
1हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
2परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ।#२ शमू २२:२-५१ मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।
3म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।
4मृत्‍युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।
5पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो।
6मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें,
र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो।
7पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, पहाड़हरूका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।
8उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो,
र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो।
9स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोडामुनि थियो।
10उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो,
र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।
11अन्‍धकारलाई उहाँले आफ्‍नो ओढ्‌ने तुल्‍याउनुभयो, पानीले काला भइसकेका बाक्‍ला बादललाई उहाँले आफ्‍नो मण्‍डप तुल्‍याउनुभयो।
12उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े।
13परमप्रभु स्‍वर्गबाट गर्जनुभयो,
र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो।
14उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो,
र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो, अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए।
15हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे,
र पृथ्‍वीका जगहरू प्रकट भए।
16उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो।
17उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए।
18मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।
19उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो।
20मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।
21किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।
22उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्‌,
र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ।
23उहाँको दृष्‍टिमा म निर्दोष थिएँ,
र दोषबाट मैले आफैलाई अलग्‍ग राखें।
24परमप्रभुले मेरो धार्मिकताअनुसार
र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ।
25वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ।
26शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ।
27दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ।
28हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ।
29तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु,
र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु।
30परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ।
31किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?
32उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ,
र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ।
33उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ,#हब ३:१९
र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ।
34उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।
35तपाईंले मलाई आफ्‍नो विजयको ढाल दिनुभएको छ,
र तपाईंको दाहिने बाहुलीले मलाई सहारा दिएको छ। मलाई महान्‌ बनाउन तपाईं स्‍वयम्‌ झुक्‍नुहुन्‍छ।
36मेरा पाइलाहरूका निम्‍ति तपाईं फराकिलो बाटो बनाउनुहुन्‍छ,
र मेरा गोडा चिप्‍लनेछैनन्‌।
37मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।
38तिनीहरू उठ्‌न नसक्‍ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे।
39तपाईंले मलाई लड़ाइँको निम्‍ति शक्तिशाली तुल्‍याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो।
40तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्‍न विवश पार्नुभयो,
र मेरा शत्रुहरूलाई मैले संहार पारें।
41मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।
42बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें।
43मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।
44मेरो आदेश सुन्‍ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्‌, विदेशीहरू मेरो अगि निहुरिन्‍छन्‌।
45विदेशीहरू डरले शिथिल हुन्‍छन्‌, तिनीहरू आ-आफ्‍ना किल्‍लाहरूबाट डरले काम्‍दै निस्‍कन्‍छन्‌।
46परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌।
47उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्‍छ,
48उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्‍छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्‍च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो।
49यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु,#रोम १५:९
र तपाईंका नाउँको स्‍तुति गाउनेछु।
50उहाँले आफ्‍ना राजालाई महान्‌ विजय दिनुहुन्‍छ,
र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 18: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy