भजनसंग्रह 15

15
परमेश्‍वरले चाहनुभएको मानिस
दाऊदको भजन
1हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?
2त्‍यो मानिस, जसको चाल निर्दोष छ,
र जसले ठीक-ठीक काम गर्छ,
र हृदयबाट सत्‍य बोल्‍छ,
3जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन,
र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,
4जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,
5जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन,
र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 15: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्