भजनसंग्रह 145:13-21

भजनसंग्रह 145:13-21 NNRV

तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ। लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ। सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्‌, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्‍छ। तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ। परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्‍छ। परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्‍छ, सबैका नजिक ज-जसले उहाँलाई सत्‍यतामा पुकार्दछन्‌। उहाँको भय मान्‍नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ, र तिनीहरूलाई बचाउनुहुन्‍छ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर सबै दुष्‍टहरूलाई उहाँले नाश गर्नुहुनेछ। मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्‍नेछ। प्रत्‍येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्‌।