भजनसंग्रह 122
122
यरूशलेमका शान्तिको निम्ति प्रार्थना
यात्राको निम्ति दाऊदको गीत
1जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ।
2ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्।
3यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ।
4इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्।
5त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्।
6यरूशलेमका शान्तिको निम्ति प्रार्थना गर, “तँलाई माया गर्नेहरू सुरक्षित रहून्,
7तेरा पर्खालभित्र शान्ति होस्,
र तेरा किल्लाहरूभित्र सुरक्षा।”
8मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, “तिमीहरूमा शान्ति होस्।”
9परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 122: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: