YouVersion Logo
Search Icon

भजनसंग्रह 114

114
मिश्रबाट इस्राएलीहरूको छुटकारा
1जब इस्राएल मिश्रदेशबाट आए,#प्रस १२:५१ जब याकूबको घराना पराई भाषा बोल्‍ने मानिसहरूका बीचबाट निस्‍केर आए,
2तब यहूदा परमप्रभुको पवित्रस्‍थान,
र इस्राएल उहाँको राज्‍य भयो।
3यो देखेर समुद्र भाग्‍यो,#प्रस १४:२१; यहो ३:१६ यर्दन नदी उल्‍टो बग्‍न लाग्‍यो।
4पहाड़हरू भेड़ाहरूझैँ उफ्रन लागे, डाँड़ाहरू भेड़ाका पाठाहरूझैँ कुद्‌न लागे।
5हे समुद्र, तँलाई के भयो, र तँ भागिस्‌?
र हे यर्दन, तँ किन फर्केर गइस्‌?
6हे पहाड हो, तिमीहरू भेड़ाहरूझैँ, हे डाँड़ा हो, तिमीहरू भेड़ाका पाठाहरूझैँ किन कुद्‍यौ?
7हे पृथ्‍वी, परमप्रभुको सामुन्‍ने, याकूबका परमेश्‍वरको सामुन्‍ने थरहरी होऊ,
8जसले चट्टानलाई पानीको तालमा,#प्रस १७:१-७; गन्ती २०:२-१३
र ढुङ्गेनी पहाड़लाई पानीको स्रोतमा परिवर्तन गर्नुभयो।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 114: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy