YouVersion Logo
Search Icon

भजनसंग्रह 112

112
प्रभुका भक्तजनको समृद्धि
1परमप्रभुको प्रशंसा गर। त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुको भय मान्‍दछ, र उहाँका आज्ञाहरूमा ज्‍यादै प्रसन्‍न हुन्‍छ।
2त्‍यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्‍ताले आशिष्‌ पाउनेछ।
3त्‍यसको घरमा धन-सम्‍पत्ति रहन्‍छ,
र त्‍यसको धार्मिकता सदा रहिरहन्‍छ।
4सोझा मानिसहरूका निम्‍ति, साथै अनुग्रही, करुणामय र धर्मी मानिसहरूका निम्‍ति अन्‍धकारमा पनि ज्‍योति उदय हुन्‍छ।
5उदार-चित्तले ऋण दिने,
र ईमानदारीसाथ आफ्‍नो कारोबार चलाउने मान्‍छेको भलो हुन्‍छ।
6धर्मी जन कहिले पनि डगमगाउँदैन, त्‍यसको सम्‍झना सदासर्वदा रहनेछ।
7अशुभ समाचारले त्‍यो कहिले पनि डराउँदैन, परमप्रभुमा भरोसा गरेर त्‍यसको हृदय स्‍थिर रहन्‍छ।
8त्‍यसको हृदय सुरक्षित रहन्‍छ, र त्‍यो डराउनेछैन। अन्‍त्‍यमा त्‍यसले आफ्‍ना शत्रुहरूलाई विजयमा हेर्नेछ।
9त्‍यसले उदारतासाथ दरिद्रहरूलाई दान दिएको छ,#२ कोर ९:९ त्‍यसको धार्मिकता सधैँभरि दिगो रहन्‍छ, सम्‍मानपूर्वक त्‍यसको शिर उच्‍च राखिनेछ।
10दुष्‍ट मानिस यो देखेर कुँड़िन्‍छ, त्‍यसले दाह्रा किट्‌नेछ, अनि नष्‍ट हुनेछ। दुष्‍ट मानिसको अभिलाषा निष्‍फल हुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 112: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy