मीका पुस्तक परिचय
पुस्तक परिचय
भविष्यवक्ता मीका नाउँको अर्थ “यहोवे जस्तो अरू को छ?” हो। मीकाको विषयमा अरू धेरै जानकारी छैन, तर उनी मोरेशेतका बासिन्दा थिए भनी १:१ मा उल्लेख छ। उनले यो भविष्यवाणी करिव ७५०-६८६ ई.पू. को बीचमा योताम, आहाज र हिजकिया राजाहरूको पालामा गरेका थिए। उनी भविष्यवक्ता यशैया र होशेको समकालीन हुनुपर्दछ। यो भविष्यवाणी यहूदाका जनसाधारणलाई दिइएको थियो, जुन समयमा इस्राएल अश्शूर देशको दासत्वमुनि पर्न लागेको थियो (७३५-७०० ई.पू.)।
यस पुस्तकले विशेषगरी तीन वटा सन्देशहरू दिएको छ— १:२—२:१३, अध्याय ३-५ र अध्याय ६-७। हरेक खण्डको सुरुवात “सुन” परमप्रभुले राष्ट्रलाई के भन्नुहुँदैछ भन्ने अर्तिबाट हुँदछ।
यस पुस्तकको अध्याय १-२ मा मानिसहरूको असफलता; अध्याय ३ अगुवाहरूको असफलता; अध्याय ४-५ भविष्यमा परमेश्वरको छुटकारा; अध्याय ६-७ असफलताको वर्णन; र अन्तमा अध्याय ७:११-२० मा परमेश्वरको क्षमादानको विषयमा मुख्य खण्डहरू विभाजित भएका छन्।
अहिले सेलेक्ट गरिएको:
मीका पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: