लूका 23:46-48

लूका 23:46-48 NNRV

उच्‍च सोरले कराएर येशूले भन्‍नुभयो, “हे पिता, म मेरो आत्‍मा तपाईंको हातमा सुम्‍पन्‍छु।” यति भनेर उहाँले आफ्‍नो प्राण त्‍यागिदिनुभयो। यो सब घटना देखेर कप्‍तानले यसो भन्‍दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी धार्मिक मानिस थिए।” यो दृश्‍य हेर्न जम्‍मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्‍ना छाती पिट्‌दै घर फर्के।

लूका 23:46-48 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति