लूका 22:35-38

लूका 22:35-38 NNRV

येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।” उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌। म तिमीहरूलाई भन्‍दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।” तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्‌।” उहाँले भन्‍नुभयो, “त्‍यति भए पुग्‍छ।”