अय्यूब 39
39
1“घोरल कहिले बियाउँछ, के तैंले जान्दछस्? हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्?
2तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूका महिना गन्दछस् र? अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्दछस्?
3जब तिनीहरू बियाउँनलाई निहुरिन्छन्,
र तिनीहरूले आफ्ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्छ।
4तिनीहरूको पाठो बढ्छ र खुला जङ्गलमा हुर्किन्छ, बाहिर निस्कन्छ र कहिल्यै फेरि आउँदैन।
5“कसले वन-गधालाई छोड़िदियो? कसले उसको डोरी फुकाइदियो?
6जसको वासस्थान मैले निर्जन स्थानमा बनाइदिएको छु, खारको जग्गामा त्यसको वासस्थान बनाइदिएको छु।
7सहरको होहल्लामाथि त्यो हाँस्छ,
र हप्काउनेको आवाजको वास्ता गर्दैन।
8त्यसले डाँड़ाहरूमा आफ्नो चरन बनाउँछ,
र सबै हरिया घाँसहरू खोज्दछ।
9“के जङ्गली साँढ़ेले तेरो सेवा गर्न मान्छ? के त्यसले तेरो गोठमा रात बिताउँछ र?
10के तैंले त्यसलाई जुवामा नारेर खेतमा जोत्न सक्छस्? के त्यसले तेरा पछिल्तिरका उपत्यकालाई जोत्छ?
11के त्यसको महान् बलमाथि तैंले भरोसा गर्न सक्छस्? के तेरा ठूला कामहरू त्यसको भरमा छोड्न सक्छस्?
12खलाबाट तेरो अन्न ढुकुटीमा ल्याउनलाई त्यो फर्किआउँछ भनी के तैंले त्यसमाथि भरोसा गर्न सक्छस्?
13“शुतुरमुर्गका पखेटा हर्षोल्लासाथ चल्छ, तर सारसको प्वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन।
14त्यसले आफ्ना फूलहरू बालुवाले तातो पारिदेओस् भनी भूइँमा नै छोड़िराख्छ।
15खुट्टाले ती कुल्चिदिन्छ, अथवा वन-पशुले कुल्चन्छ भनी, त्यसले केही वास्तै गर्दैन।
16आफ्नो परिश्रम खेर गएको वास्ता नगरी बच्चाहरूलाई आफ्नो होइनजस्तै गरी त्यसले निर्दयी व्यवहार गर्छ।
17किनभने परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ,
र त्यसलाई अज्ञान अवस्थामा नै छोड़िदिनुभएको छ,
18तर पनि जब त्यो कुद्नका लागि पखेटा फिँजाउँछ। तब त्यसले घोड़ा र त्यसको सवारलाई हाँसोमा उड़ाइदिन्छ।
19“के तैंले घोड़ालाई त्यसको बल दिन्छस्? अथवा त्यसको घिच्रोलाई जगरले पहिर्याउँछस्?
20के तैंले त्यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
21त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।
22त्यसले डरलाई तुच्छ ठान्छ, र भय के हो जान्दैन,
र तरवारको सामु त्यो झुक्दैन।
23काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।
24उन्मत जोशसित त्यो कुदेर अगि बढ्छ, तुरही फुकेको आवाज बज्दा त्यो स्थिर बस्नसक्दैन।
25तुरही बजेको सुनेर त्यसले भन्छ, ‘आहा!’
र टाढ़ैबाट त्यसले सेनापतिको आवाज
र लड़ाइँको ध्वनि थाहा पाउँछ?
26“के बाजलाई त्यसको पखेटा चलाउन
र दक्षिण दिशातिर त्यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?
27के गिद्धलाई माथि-माथि उड्न
र आफ्नो गुँड़ अल्गो ठाउँमा बनाउन तैंले सिकाउँछस्?
28त्यो पहरामा वास गर्छ, र राती त्यही नै रहन्छ। त्यसको किल्ला भिरालो पहरा हो।
29टाढ़ा-टाढ़ा राम्ररी नियाली त्यहीँबाट त्यसले आफ्ना आहार खोज्दछ।
30त्यसका बचेराहरू रगत पिउँछन्, #मत्ती २४:२८; लूक १७:३७ जहाँ लाश हुन्छ त्यहाँ त्यो अवश्य हुन्छ।”
अहिले सेलेक्ट गरिएको:
अय्यूब 39: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: