यर्मिया 33:24-26

यर्मिया 33:24-26 NNRV

“यी मानिसहरू के भन्‍दैछन्, के त्‍यसमा तैंले ध्‍यान दिएको छैनस्‌? यिनीहरू भन्‍छन्, ‘परमप्रभु आफैले चुन्‍नुभएका ती दुई राज्‍यहरूलाई उहाँले त्‍याग्‍नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्‍टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्‍छन्‌। परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यदि दिन र रातसम्‍बन्‍धी मेरो करार मैले स्‍थापित गरेको होइनँ भने, अनि स्‍वर्ग र पृथ्‍वीको विषयका मैले राखेका नियमहरू स्‍थायी होइनन्‌ भने, तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्‍तानहरूलाई इन्‍कार गर्नेछु, र त्‍यसको सन्‍तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्‍य गर्नलाई म चुन्‍नेछैनँ। किनकि म तिनीहरूको सुखशान्‍ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।”