होशे 12:2-4
होशे 12:2-4 NNRV
यहूदाको विरुद्धमा परमप्रभुको एउटा आरोप छ। अनि याकूबलाई तिनका चालअनुसार उहाँले दण्ड दिनुहुनेछ, र तिनका कामअनुसार उहाँले तिनलाई बदला दिनुहुनेछ। गर्भमा तिनले आफ्नो दाजुको कुर्कुच्चो पक्रे, र जवान भएपछि तिनले परमेश्वरसँग लड़न्त गरे। तिनले स्वर्गदूतसित लड़न्त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्ति बिन्ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे

