प्रस्थान 19:1-8
प्रस्थान 19:1-8 NNRV
इस्राएलीहरू मिश्रबाट निक्लेका तीन महिना भएपछि— त्यही दिनमा तिनीहरू सीनैको उजाड़-स्थानमा आइपुगे। जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्थानमा आए, त्यही पर्वतकै सामुन्ने इस्राएलीहरूले छाउनी बनाए। तब मोशा परमेश्वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्नू: ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि तिमीहरू मेरो निम्ति पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्नुपर्ने कुरा यी नै हुन्।” अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए। सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए।

