प्रस्थान 11:4-8
प्रस्थान 11:4-8 NNRV
यसैले मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु। सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्ने कमारीको जेठो छोरासम्म, गाईबस्तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्। सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन। तर पशुको विरुद्धमा होस् वा मान्छेको विरुद्धमा होस् इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्नुहुन्छ। अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गरेर भन्नेछन्, ‘तपाईंका पछि लाग्ने सारा मानिसहरूसमेत तपाईं निस्किजानुहोस्।’ त्यसपछि म निस्किजानेछु।” तब मोशा अत्यन्त क्रोधित भएर फारोकहाँबाट गइहाले।

