प्रेरित पुस्तक परिचय
पुस्तक परिचय
“प्रेरितहरूको काम” भन्ने पुस्तक लूकाले लेखेको इतिहासको दोस्रो खण्ड हो; पहिलो खण्डचाहिँ लूकाको सुसमाचार हो। तिनको सुसमाचारमा लूकाले येशू ख्रीष्टको विषयमा लेखेका छन्, र “प्रेरितहरूका काम” को पुस्तकमा तिनले विशेष गरी येशूका चेला र पावल प्रेरितका कामका विषयमा लेखेका छन्। प्रेरितहरूका कामको पुस्तक ईश्वी सम्बत् ६० र ६५ को बीचमा लेखिएको थियो भन्ने धेरैजसो विद्वानहरूको विचार छ। पावल रोममा गएर आफ्नो मुद्दाको फैसला पर्खिरहेका थिए। (रोम अहिले यूरोप महादेशको दक्षिण भागमा रहेको इटाली भन्ने देशको राजधानी हो।) नयाँ करारको समयमा रोम संसारको सबभन्दा महत्वपूर्ण सहर थियो। त्यति बेला रोममा धेरै जना प्रमुख मानिसहरूले ‘यो नयाँ ख्रीष्टियान धर्म कस्तो धर्म हो, कहाँबाट निस्क्यो’ भनेर सोध्दैथिए।” त्यसकारण ख्रीष्टियान धर्म कसरी सुरु भयो, येशू ख्रीष्ट को हुनुहुन्छ, उहाँको सुसमाचार कसरी यरूशलेमबाट रोमसम्म फैलिन गयो भन्ने विषयमा लूकाले पक्का इतिहास लेख्ने निर्णय गरे। लेखेपछि लूकाले यो इतिहास एक जना रोमी अधिकृत “माननीय थियोफिलस” लाई पठाए (हेर्नोस् लूका १:१-४; प्रेरित १:१)। थियोफिलसको बारेमा अरू केही थाहा छैन।
पावल लूकालाई “प्रिय डाक्टर लूका” भन्दछन् (कलस्सी ४:१४)। लूका मध्यपूर्वको सिरिया देशको एन्टिओखिया भन्ने एउटा सहरका मानिस थिए। शायद पावल एन्टिओखियामा बस्दा लूका र तिनको भेट भएको थियो। जब पावल रोममा गए, तब त्यस अन्तिम यात्रामा लूका पनि सँगसँगै गए (प्रेरित २७:१; २८:१६)।
ख्रीष्टियान मण्डलीको सुरुवातको विषयमा लेखिएको यो पुस्तकलाई “प्रेरितहरूका काम” भनिएको छ, तर खास गरी यस पुस्तकलाई “पवित्र आत्माको काम” पनि भन्न सकिन्छ। किनभने जुन काम ती प्रेरितहरूले गरे, ती कामहरू पवित्र आत्माको अनुग्रह र शक्तिले नै गरिएका थिए। मानिसहरूका विषयमा मात्र होइन तर ती मानिसहरूमा काम गरिरहनुहुने पवित्र आत्माको विषयमा पनि यो पुस्तक लेखिएको छ।
अहिले सेलेक्ट गरिएको:
प्रेरित पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: