२ तिमोथी 1:5-7

२ तिमोथी 1:5-7 NNRV

मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ। त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख। किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।