1
इजकिएल 3:18
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
जब म एक जना दुष्टलाई भन्छु, ‘तँ निश्चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 3:18
2
इजकिएल 3:19
तर यदि तैँले त्यस दुष्ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।
अन्वेषण गर्नुहोस् इजकिएल 3:19
3
इजकिएल 3:17
“हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
अन्वेषण गर्नुहोस् इजकिएल 3:17
4
इजकिएल 3:20
“तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 3:20