1
यर्मिया 5:22
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म परमप्रभु हुँ, तिमीहरू मसित डराउनुपर्दैन र? किन मेरो अगाडि थरथर काम्दैनौ? मैले समुद्रलाई बालुवाको सिमाना लाइदिएँ। त्यो समुद्रले नाँघ्न नसक्ने एउटा अटल घेरो भएको छ। समुद्रका छालहरू उठ्लान् तर त्यो सिमाना पार गर्न सक्दैन। ती छालहरू गर्जलान् तर त्यसलाई तोडेर नाँघ्न सक्दैन।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 5:22
2
यर्मिया 5:1
यरूशलेमका सडकहरूमा माथि-तल जा, चारैतिर हेर् र विचार गर्। चोकहरूमा खोजेर हेर्, इमानदार काम गर्ने र सत्यको खोजी गर्ने एक जना मानिसलाई कतै तैँले भेट्टाइस् भने म त्यस सहरलाई क्षमा गर्नेछु।
अन्वेषण गर्नुहोस् यर्मिया 5:1
3
यर्मिया 5:31
अगमवक्ताहरूले झूटो अगमवाणी कहन्छन्, पूजाहारीहरूले आफूखुसीले शासन गर्दै छन् र मेरो प्रजाले चाहिँ त्यस्तै मन पराउँछन्। तर अन्तमा यिनीहरूले के गर्ने हुन्?”
अन्वेषण गर्नुहोस् यर्मिया 5:31
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू