“सङ्कल्प गर र भरोसा राख। अश्शूरी महाराजा वा उनका अगुवाइमा आउने सेनाको डर नमान। उनीपट्टि भन्दा हामीपट्टि धेरै शक्ति छ। उनीसित मानवशक्ति छ तर हामीसित परमप्रभु, हाम्रा परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई मद्दत दिनुहुन्छ र हाम्रो लडाइँ लडिदिनुहुन्छ।” राजाका यी शब्दले मानिसहरूको हौसला बढ्यो।