जकरिया पुस्तक परिचय
पुस्तक परिचय
जकरियाका पुस्तकमा दुई स्पष्ट भाग छन्:
१) १-८ अध्यायहरूमा, जहाँ जकरिया अगमवक्ताले ख्रीष्ट पूर्व ५२०-५१८ सम्म गरेका ईश्वरवाणीहरू छन्। यी विशेषगरी दर्शनका रूपमा छन् र यरूशलेम फेरि बसालिने, मन्दिर नयाँ गरी बनाइने, परमेश्वरका जनहरू शुद्ध गरिने र परमेश्वरले प्रतिज्ञा गर्नुभएको मसीही युगबारे बताइएका छन्।
२) ९-१४ अध्यायहरूमा अरू सम्वादहरूको सङ्कलन छ। जगत्मा आउनुहुन्छ भनी आशा गरिएका मसीह र अन्तको दिनको न्यायबारे यस भागमा बताइएको छ।
संक्षिप्त विषय-सूची
चेतावनी र आशाको सन्देश १:१—८:२३
इस्राएलका छिमेकी राष्ट्रहरूमाथि न्याय ९:१-८
आउँदा दिनमा हुने सुख-शान्ति ९:९—१४:२१
လက္ရွိေရြးခ်ယ္ထားမွု
जकरिया पुस्तक परिचय: सरल नेपाली
အေရာင္မွတ္ခ်က္
မၽွေဝရန္
ကူးယူ
မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.