YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

जकरिया 7

7
देखावटी उपवासको निम्ति परमप्रभुको दण्‍ड
1दारा महाराजा भएको चौथो वर्ष, त्‍यसको नवौँ महिना (किसलेव भनिने महिना) को चौथो दिन परमप्रभुले मलाई एउटा सन्‍देश दिनुभयो।
2बेथेलका बासिन्‍दाहरूले तिनीहरूका अरू मानिसहरूका साथमा शरेसेर र रेगेममेलेकलाई प्रभुको आशिष्‌को निम्‍ति सर्वशक्तिमान् परमप्रभुसँग प्रार्थना गर्न 3र परमप्रभुको मन्‍दिरको पूजाहारीहरू र अगमवक्ताहरूसँग यो प्रश्‍न सोध्‍न पठाए, “अघिदेखि वर्षेनी गर्दैआएका वर्षको पाँचौँ महिनामा उपवास राखी मन्‍दिर ध्‍वंस भएको बारेमा विलाप गर्ने चलन अझै पनि हामीले गरिरहनुपर्ने हो?”
4परमप्रभुले मलाई दिनुभएको सन्‍देश यो थियो। 5उहाँले भन्‍नुभयो, “देशवासी र पूजाहारीहरूलाई भन कि सत्तरी वर्षसम्‍म जब-जब तिनीहरू पाँचौँ र सातौँ महिनामा उपवास बस्‍थे र विलौना गर्थे, ती मेरा सम्‍मान्‌को निम्‍ति गरिन्‍थे र? 6अनि जब तिनीहरू खानपान गर्दथे, आफ्‍नै सन्‍तोषको निम्‍ति गर्दैनथे र?”
7परमप्रभुले अघि यही कुरा पहिलेपहिलेका अगमवक्ताहरूद्वारा भन्‍नुभएको थियो। त्‍यस बेला यरूशलेममा उन्‍नति भएको थियो र यरूशलेम मानिसहरूले खचाखच थियो र धेरै मानिसहरू त्‍यसका छेउ-छाउका स-साना सहरहरूमा मात्र होइन तर दक्षिणतर्फका भू-भाग र पश्‍चिमतर्फका डाँडाहरूका फेदीमा पनि बसोबास गर्दथे।
अनाज्ञाकारीले गर्दा देश निकालावास
8परमप्रभुले जकरियालाई यो सन्‍देश दिनुभयो, 9“मैले यी आज्ञाहरू मेरा प्रजालाई धेरैअघि नै दिएँ ‘साँचो न्‍याय गर र आपसमा दया र कृपा गर। 10विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्‍याचार नगर। एक-अर्कालाई खति गराउने जुक्‍ति नगर।’
11“तर ढिट भएर मेरा प्रजाले मेरा कुरा सुनेनन्। तिनीहरूले आफ्‍ना कान थुने 12र तिनीहरूका हृदयहरू ढुङ्गाजस्‍तो कठोर पारे। मैले आफ्‍नो आत्‍माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिएका शिक्षा सुन्‍न तिनीहरूले मानेनन्। यसकारण म साह्रै रिसाएँ। 13मेरा वचन तिनीहरूले नसुनेका हुनाले तिनीहरूले प्रार्थना गर्दा मैले उत्तर दिइनँ। 14आँधी-बेहरीले उडाएर लगेझैँ मैले तिनीहरूलाई विदेशमा अन्‍यजातिहरूको माझमा पुर्‍याएँ। यो असल देश उजाड भयो र यहाँ मानिसहरू बास गर्न छोडे।”

လက္ရွိေရြးခ်ယ္ထားမွု

जकरिया 7: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ