जकरिया 2
2
नाप्ने डोरीको दर्शन
1मैले अर्को दर्शनमा हातमा नाप्ने डोरी लिएको एक जना मानिसलाई देखें। 2“तिमी कता जाँदै छौ?” मैले तिनलाई सोधें।
तिनले उत्तर दिए, “यरूशलेम नाप्नलाई, त्यसको लमाइ र चौडाइ कति छ, सो हेर्नलाई म जाँदै छु।”
3तब मसित बोलिरहेका स्वर्गदूत अघि सरे र अर्को एक जना स्वर्गदूत उनलाई भेट्न आए। 4अघिल्ला स्वर्गदूतले पछि आउने स्वर्गदूतलाई भने, “दगुरेर गई त्यस हातमा नाप्ने डोरी लिई जाने ठिटालाई भन कि यरूशलेममा यति धेरै मानिसहरू र जीव-जन्तुहरू हुनेछन् कि सहरलाई पर्खाल लाउन सकिन्न। 5परमप्रभुले म आफैं सहरका चारैपट्टि आगोको पर्खाल भई त्यसको रक्षा गर्नेछु र आफ्नो महिमामा त्यहाँ बास गर्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ।”
कैदमा लगिएकाहरूलाई घर फर्कने आग्रह
6-7परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “मैले तिमीहरूलाई चारै दिशामा छरपष्ट पारें। तर तिमी कैदमा परेकाहरू बेबिलोनिया देशबाट भागेर यरूशलेममा फर्की आओ। 8जसले तिमीहरूलाई हिर्काउँछ, मैले बहुमूल्य ठानेकोलाई नै त्यसले हिर्काउँछ।”
यसकारण सर्वशक्तिमान् परमप्रभुले आफ्ना प्रजालाई लुट्ने जातिहरूकहाँ यो सन्देश दिई मलाई पठाउनुभयो, 9“परमप्रभु आफैंले तिमीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ र एक समय तिमीहरूको चाकरी गर्ने मानिसहरूले अब तिमीहरूलाई लुट्नेछन्।
यी कुरा पूरा हुँदा मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो भनी सबैले जान्नेछन्।
10त्यसपछि परमप्रभुले भन्नुभयो, “हे यरूशलेमका बासिन्दाहरू हो, आनन्दले गाओ! म तिमीहरूका बीचमा बास गर्न आउँदै छु!”
11त्यस बेला धेरै जातिहरू परमप्रभुकहाँ आउनेछन् र उहाँका प्रजा बन्नेछन्। उहाँ तिमीहरूका माझमा बास गर्नुहुनेछ र मलाई उहाँले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरू जान्नेछौ। 12फेरि एक चोटि परमप्रभुले आफ्नो पवित्र देशमा यहूदालाई आफ्नो निज सम्पत्ति बनाउनुहुनेछ र यरूशलेमलाई फेरि चुन्नुहुनेछ।
13परमप्रभुको सामुन्ने सबै मानिस चुप होओ किनभने उहाँ आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ।
လက္ရွိေရြးခ်ယ္ထားမွု
जकरिया 2: सरल नेपाली
အေရာင္မွတ္ခ်က္
မၽွေဝရန္
ကူးယူ
မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: