YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

रोमी 14

14
आफ्‍नो भाइलाई दोष नलगाऊ
1 # कलस्सी 2:16 कमजोर विश्‍वास हुनेहरूलाई माया गरेर आफ्‍नो सङ्‌गतिमा स्‍वागत गर, तर उसको विचारलाई दोष लगाएर झगडा गर्ने कामचाहिँ नगर। 2कसैको विश्‍वासअनुसार सबै थोक खान हुन्‍छ तर कमजोर विश्‍वासीले सागपात मात्रै खान्‍छ। 3सबै थोक खानेले सागपात मात्र खानेलाई होच्‍याउनुहुँदैन। त्‍यस्‍तै नखानेले खानेलाई दोष नलगाओस् किनभने त्‍यस कमजोर विश्‍वासीलाई पनि परमेश्‍वरले नै स्‍वागत गर्नुभएको छ। 4अर्काको सेवकलाई दोष लगाउने तिमी को हौ? मालिकले पो सेवकले ठीक काम गरेको हो कि गलत काम गरेको हो, फैसला गर्नेछ। प्रभुले नै कमजोर सेवकहरूलाई पनि ठीक काम गर्न सहायता दिनुहुनेछ कारण प्रभुमा त्‍यसलाई सहायता गर्ने शक्ति छ।
5कसैले कुनै दिनलाई अरू दिनभन्दा मुख्‍य र ठूलो ठान्‍छ तर कसैले सबै दिन एकै हो भन्‍छ। हरेक मानिसले आफ्‍नो-आफ्‍नो मनमा आफूले विश्‍वास गरेको कुरा पक्‍का गर्नुपर्छ। 6कुनै दिन मुख्‍य ठान्‍नेले परमेश्‍वरकै आदरको निम्‍ति ठान्‍छ, खानेले परमेश्‍वरकै आदरको निम्‍ति खान्‍छ किनभने उसले परमेश्‍वरलाई धन्‍यवाद चढाएर खान्‍छ। नखानेले पनि परमेश्‍वरलाई धन्‍यवाद चढाएर उहाँकै आदरको निम्‍ति खाँदैन। 7हामीहरू कोही पनि आफ्‍नै लागि बाँच्‍तैनौं र आफ्‍नै लागि मर्दैनौं। 8हामी बाँचे पनि प्रभुकै लागि बाँच्‍तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्‍यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं। 9यसकारण ख्रीष्‍ट मरेका र बाँचेका सबैका प्रभु हुन मर्नुभयो र फेरि जिउनु पनि भयो। 10#२ कोरिन्थी 5:10त्‍यसो भए तिमीहरू आफ्‍नो ख्रीष्‍टियान भाइलाई किन दोष लगाउँछौ त? अनि किन आफ्‍नो भाइलाई होच्‍याउँछौ? हामी सबै परमेश्‍वरको न्‍यायालयमा खडा हुनेछौं। 11#यशैया 45:23धर्मशास्‍त्रमा लेखिएको छ,
“प्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ,
‘म जीवित भएझैँ साँच्‍चै भन्‍दछु,
सबै मानिसहरू मेरो अघि झुक्‍नेछन्,
सबैले मलाई परमेश्‍वर भनी मान्‍नेछन्’।
12त्‍यसो हुँदा हामीहरू सबैले आ-आफ्‍नो हिसाब परमेश्‍वरलाई बुझाउनुपर्छ।
खाने कुरामा कसैलाई चोट नपुर्‍याउनु
13यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्‍ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं। 14प्रभु येशूमा विश्‍वास गरेकोले यो कुरो म पक्‍का जान्‍दछु, कुनै पनि खानेकुरा आफैं अशुद्ध हुँदैन। तर कसैले केही कुरा अशुद्ध मान्‍छ भने त्‍यो उसको लागि अशुद्धै हुन्‍छ। 15तिमी आफ्‍ना भाइलाई खाने कुरोले चोट पुर्‍याउँछौ भने तिमीले उसलाई माया गर्दैनौ। ख्रीष्‍टले आफ्‍नो प्राण दिएर बचाउनुभएको मानिसलाई तिम्रो खानेकुराले नाश नगरोस्। 16तिमीले गरेको असल कुरालाई अरूले खराब भन्‍न नपाऊन् 17किनभने परमेश्‍वरको राज्‍य भनेको खाने र पिउने कुरा होइन, तर यो पवित्र आत्मामा धार्मिकता, शान्‍ति र आनन्‍दको कुरो हो, जुन पवित्र आत्‍माले दिनुहुन्‍छ। 18यस किसिमले ख्रीष्‍टको सेवा गर्नेले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ साथै मानिसबाट स्‍याबासी पनि पाउँछ।
19यसैकारण हामी शान्‍ति दिने र एक-अर्कालाई सहयोग पुर्‍याउने कुरामा मात्रै सधैँ ध्‍यान राखौं। 20खानेकुराको कारणले परमेश्‍वरले गर्नुभएको कामलाई नाश नगर। सबै खानेकुरा खानुहुन्‍छ तर कसैलाई पाप गर्न लगाउने गरी केही खानुचाहिँ खराब हो। 21खासमा त मासु पनि नखानू, कुनै मात लाग्‍ने कुरो पनि नपिउनू अनि भाइलाई ठेस लाग्‍ने गरी कुनै कुरो पनि नगर्नू नै राम्रो हो। 22त्‍यसो हुँदा यस बारेमा विश्‍वास तिमी र परमेश्‍वरको बीचमा राख। आफैंले ठीक ठहराएको कुरोलाई खराब नठानी गर्ने मानिस धन्‍य हुन्‍छ। 23तर आफूले खाएको कुरामा आफैं शङ्का गर्दै खान्‍छ भने परमेश्‍वरले उसलाई दोषी ठहराउनुहुनेछ किनभने विश्‍वासबिनाको जुनसुकै कुरो गरे पनि पाप हो।

လက္ရွိေရြးခ်ယ္ထားမွု

रोमी 14: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ