YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

रोमी 12

12
परमेश्‍वरको सेवा
1मेरा प्‍यारा दाजुभाइहरू, परमेश्‍वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्‍यसैले आफ्‍नै शरीर पवित्र र परमेश्‍वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्‍वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्‍ती गर्दछु। तिमीहरूको आत्‍माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो। 2तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्‍तै हुने इच्‍छा नराख, अब आफ्‍नो मनमा नयाँ भई परिवर्तन होओ। त्‍यसो भए मात्र तिमीहरूले परमेश्‍वरको इच्‍छा के रहेछ, पत्ता लाउन सक्‍छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ अनि कुनचाहिँ कुरा पक्‍का हो, त्‍यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्‍छ।
3परमेश्‍वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्‍दै छु, आफूलाई ठूलो नठान तर परमेश्‍वरले दिनुभएको विश्‍वासको मात्राअनुसार आफू जस्‍ता छौ, त्‍यस्‍तै ठान। 4#१ कोरिन्थी 12:12हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्‍लाबेग्‍लै काम छन्। 5त्‍यसै गरी हामी धेरै भए पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। 6#१ कोरिन्थी 12:4-11यसकारण परमेश्‍वरले आफ्‍नो अनुग्रहले हामीलाई दिनुभएका बेग्‍लाबेग्‍लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्‍वरको तर्फबाट बोल्‍न सक्‍नेले आफ्‍नो विश्‍वासअनुसार उहाँकै तर्फबाट बोलौं। 7सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्‍वरका शिक्षा दिन सक्‍नेले आफ्‍नो विश्‍वासको मात्राअनुसार शिक्षा देओस्। 8ठीक बाटोमा हिंड्‍न सल्‍लाह दिन सक्‍नेले सल्‍लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्‍ला मनले देओस्। काम मिलाउनेले सक्‍दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्।
9तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्‍यागेर असल कुरामा लागिरहो। 10भातृप्रेमले एकले अर्कोलाई पनि प्रेम गर। अरूलाई आदर गर्न नचुक। 11गरिहाल्‍नुपर्ने काममा अल्‍छी नगर। आत्‍मामा जोशिलो भएर दिलोज्‍यानले प्रभुको काम गर। 12तिमीहरूले पाएको आशामा खुसी रहो। कष्‍टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो। 13प्रभु ख्रीष्‍टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्‍कार गर 14#मत्ती 5:44; लूका 6:28र सताउनेहरूलाई श्राप होइन आशीर्वाद देओ। 15त्‍यस्‍तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ, 16#हितोपदेश 3:7सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्‍ने पनि नठान।
17कसैले तिमीलाई नराम्रो गर्‍यो भन्‍दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्‍यान दिनू। 18सकेसम्‍म सबैसित मेलमिलाप राख। 19#व्यवस्था 32:35प्‍यारा दाजुभाइहरू, कहिल्‍यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्‍वरलाई नै गर्न दिनू किनभने धर्मशास्‍त्रमा लेखिएको छ, “न्‍याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।” 20#हितोपदेश 25:21,22अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “तिम्रो शत्रु भोकाएको छ भने खान देओ, तिर्खाएको छ भने पानी देओ किनभने यसो गर्नाले तिम्रो शत्रुको टाउकोमा आगोको भुँग्रो थुपार्नेछौ।” 21खराबीले तिमीलाई जित्‍न नपाओस् तर खराबीलाई भलाइले जित।

လက္ရွိေရြးခ်ယ္ထားမွု

रोमी 12: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ