YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

रोमी 10

10
1दाजुभाइहरू, म हृदयदेखि नै इस्राएलीहरूलाई परमेश्‍वरले बचाएको हेर्न चाहन्‍छु। त्‍यसैले म तिनीहरू बाँचून् भनेर परमेश्‍वरसित बिन्‍ती गर्दछु। 2तिनीहरू परमेश्‍वरलाई गहिरोसँग मान्‍न चाहन्‍छन्, म यसको साक्षी छु। तर कसरी मान्‍ने हो, तिनीहरूलाई थाहा छैन 3किनभने परमेश्‍वरले मानिसलाई आफ्‍नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्‍ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्‍नै तरिकाले परमेश्‍वरको सामु ठीक ठहरिन खोज्‍छन्। यसो हुँदा परमेश्‍वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्‍पिएनन् 4किनभने विश्‍वास गर्नेहरू ठीक ठहरिऊन् भनेर ख्रीष्‍ट व्यवस्थाको टुङ्गो हुनुभयो।
सबैको लागि मुक्ति
5 # लेवी 18:5 “व्यवस्था पूरा पालन गर्ने मानिस जिउनेछ,” भनेर मोशाले व्यवस्थाले ठीक हुने बारेमा लेख्‍छन्। 6#व्यवस्था 30:12-14विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्‍त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) 7“वा आफ्‍नो मनमा यसो पनि नभन, पातालमा को ओर्लने?” (अर्थात् ख्रीष्‍टलाई मरेकोबाट माथि ल्याउन)। 8तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो। 9तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ 10किनभने हामी हृदयले विश्‍वास गरेर नै परमेश्‍वरको सामु ठीक ठहरिन्‍छौं अनि विश्‍वास गरेका कुरा आफ्‍नै मुखले अरूलाई सुनाएर बचाइन्‍छौं 11#यशैया 28:16किनभने धर्मशास्‍त्रले भन्‍छ, “उहाँमा विश्‍वास गर्नेले कहिल्‍यै पनि निराश हुनुपर्नेछैन,।” 12यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्‍वर सबैका परमेश्‍वर हुनुहुन्‍छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्‌ले धनी तुल्‍याउनुहुन्‍छ। 13#योएल 2:32धर्मशास्‍त्रले भन्‍छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।” 14तर उहाँमा विश्‍वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्‍वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्‍ने? 15#यशैया 52:7सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्‍त्रले भन्‍छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्‍दको कुरो हो।”
16 # यशैया 53:1 तर सुन्‍नेहरू धेरैले चाहिँ सुसमाचारको वास्‍तै गरेनन्। अगमवक्ता यशैया भन्‍छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्‍वास गर्‍यो र?” 17यो हामीलाई थाहा छ, विश्‍वासचाहिँ सुनेर आउँछ र सुन्‍ने कामचाहिँ ख्रीष्‍टको प्रचारबाट हुन्‍छ। 18#भजनसंग्रह 19:4त्‍यसो भए के तिनीहरूले सुन्‍न पाएनन्? होइन, सुने।
“तिनीहरूको आवाज पृथ्‍वीभरि फैलियो
र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्‍म पुगे।”
19 # व्यवस्था 32:21 त्‍यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्‍न त बुझे, तर टेरेनन्। परमेश्‍वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्‍नुभएको थियो,
“जो एक जाति नै होइन, तिनीहरूलाई छानेर
म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्‍याउँछु।
अबुझ जातिहरूलाई मुक्ति देखाएर
म तिमीहरूको रिस उठाउँछु,।”
20 # यशैया 65:1 परमेश्‍वरले भन्‍नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्‍दछन्,
“मलाई खोज्‍दै-नखोज्‍नेहरूले मलाई भेटे
र दर्शन माग्‍दै नमाग्‍नेहरूकहाँ म देखा परें,।”
21 # यशैया 65:2 इस्राएलका बारेमा उहाँले भन्‍नुभयो, “मेरा कुरा नमान्‍ने र मेरै विरोधमा उठ्‍ने मानिसहरूलाई डाक्‍न मैले दिनभरि आफ्‍नो हात पसारें,।”

လက္ရွိေရြးခ်ယ္ထားမွု

रोमी 10: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ