YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

फिलिप्पी पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पत्र पावलले यूरोपको फिलिप्‍पी सहरमा भएको पहिलो मण्‍डलीलाई लेखेका थिए। फिलिप्‍पीचाहिँ माकेडोनिया भनिने रोमी प्रान्‍तको एउटा सहर थियो। यो पत्र लेख्‍दा पावल कैदमा परेका थिए र कतिपय ख्रीष्‍टियानहरूले उनको विरोध गरेर उनलाई दु:खी पारेका थिए। त्‍यति बेला फिलिप्‍पी मण्‍डलीमा झूटो शिक्षाको प्रचार हुँदैथ्‍यो। त्‍यसले गर्दा पनि उनी हैरान भएका थिए। तर जे होस्, यस पत्रले खुसी र विश्‍वास जगाएको चाहिँ पावलको ख्रीष्‍टमा भएको अटुट विश्‍वासले गर्दा हो भन्‍न सकिन्‍छ।
यो पत्र लेख्‍ने मुख्‍य कारण फिलिप्‍पीका ख्रीष्‍टियानहरूलाई धन्‍यवाद टक्राउनु थियो। उनीहरूले पावललाई खाँचो पर्दा दानहरू पठाइदिएका थिए। यसै मौकामा उनले आफू र उनीहरूमा आएको दु:खको बेलामा पनि उनीहरूलाई साहस र भरोसा दिनलाई यो पत्र लेखेका हुन्। उनीहरूले आफ्‍नो स्वार्थी अभिलाषा र घमण्‍डको तहमा जिउनुभन्दा येशूको नम्र बानीबेहोरो सिकून् भनेर अर्ती दिन्‍छन्। ख्रीष्‍टमा भएको उनीहरूको जीवनचाहिँ परमेश्‍वरको वरदान हो। यो उनीहरूले यहूदी व्यवस्थाका चाडहरू मानेकाले होइन तर उनीहरूको विश्‍वासद्वारा मिलेको हो भनेर उनले सम्‍झना गराउँछन्। उनले ख्रीष्‍टमा भएर जिउनेहरूलाई परमेश्‍वरबाट मिल्‍ने खुसी र शान्‍तिको विषयमा लेख्‍छन्।
यो पत्रले ख्रीष्‍टियान विश्‍वास र जीवनमा पाइने खुसी, भरोसा, एकता र काममा एकोहोरो बन्‍ने कुरामा जोड दिएकोले यो पत्र अरू पत्रभन्दा भिन्‍नै देखिन्‍छ। यसमा पावलले फिलिप्‍पी मण्‍डलीलाई कति साह्रो माया गर्थे सो जाहेर गरिएको छ।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-११
पावलको आफ्‍नो परिस्‍थिति १:१२-२६
ख्रीष्‍टमा भएको जीवन १:२७—२:१८
तिमोथी र इपाफ्रोडिटसका लागि योजना २:१९-३०
विरोधीहरू र खतराहरूदेखि जोगिने चेतावनी ३:१—४:९
पावल र फिलिप्‍पी साथीहरू ४:१०-२०
समाप्‍ति ४:२१-२३

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ