मर्कूस 6:41-43
मर्कूस 6:41-43 सरल नेपाली
अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। त्यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। अनि सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्दा त बाह्र डाला जति भरिए।