YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मीका पुस्‍तक परिचय

पुस्‍तक परिचय
मीका र यशैया अगमवक्ताहरू एउटै समयका मानिसहरू थिए। मीका यहूदा राज्‍यको एउटा गाउँबाट आएका थिए। उत्तरमा भएको राज्‍यमा महा-विपत्ति आउनेछ भनी आमोसले अगमवाणी गरेका थिए, ठीक त्‍यस्‍तै किसिमले यहूदामा पनि विपत्ति लागेको छ भन्‍ने मीकालाई परमेश्‍वरले प्रकट गर्नुभयो। आमोसको तुलनामा मीकाको सन्‍देशभित्र भविष्‍यको आशाको बारेमा अझै सफा चित्रण पाइन्‍छ।
यस पुस्‍तकमा विशेष रूपले याद गर्नुपर्ने खण्‍ड यी हुन्: परमेश्‍वरको अधीनमा हुने विश्‍व-शान्‍तिको चित्रण (४:१-४), दाऊदका सन्‍तानबाट एउटा महान् राजा आउनेछन् र तिनले राष्‍ट्रमा शान्‍ति कायम गर्नेछन् भन्‍ने भविष्‍यवाणी (५:२-४)। यिनै अगमवक्ता मीकाले भनेका कुराको सार, जो एउटै पदमा पाइन्‍छ, “हामीबाट उहाँले यी कुरा चाहनुहुन्‍छ; जे कुरा न्यायसंगत छ, त्‍यो गर्नू, निरन्‍तर प्रेम गर्नू र आफ्‍ना परमेश्‍वरअघि नम्रतासाथ जीवन बिताउनू” (६:८)।
संक्षिप्‍त विषय-सूची
इस्राएल र यहूदामाथि न्‍याय-दण्‍ड १:१—३:१२
पुनर्स्‍थापन र शान्‍ति ४:१—५:१५
चेतावनी र आशाको सन्‍देश ६:१—७:२०

လက္ရွိေရြးခ်ယ္ထားမွု

मीका पुस्‍तक परिचय: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ