YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

योना 2

2
योनाको प्रार्थना
1माछाको पेटभित्रबाट योनाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसरी प्रार्थना गरे:
2“हे परमप्रभु, मेरो कष्‍टमा मैले तपाईंलाई पुकारें
र तपाईंले मलाई उत्तर दिनुभयो।
मैले पातालको गहिराइबाट सहायताको निम्‍ति कराएँ
र तपाईंले मेरा पुकारा सुन्‍नुभयो।
3तपाईंले मलाई समुद्रको गहिराइमा,
त्‍यसको भित्री तहमा नै फालिदिनुभयो,
त्‍यहाँ मलाई पानीले चारैतिरबाट घेर्‍यो,
र तपाईंका शक्तिशाली छालहरू ममाथि उर्ले।
4मैले सोचें कि आफ्‍नो सामुन्‍नेबाट तपाईंले मलाई धपाउनुभयो,
र फेरि कहिल्‍यै तपाईंको पवित्र मन्‍दिर देख्‍न पाउनेछैन।
5ममाथि पानी उर्लेर मेरो सास थुनिदियो,
समुद्रले मलाई पूरै ढाक्‍यो,
मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए।
6म पर्वतहरूको फेदीसम्‍मै पुगें
पृथ्‍वीमुनि पुगें,
जसका ढोकाहरू सदाकालको निम्‍ति थुनिएका हुन्‍छन्।
तर हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्‍याउनुभयो।
7जब मेरो प्राण जाँदै थियो
तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें
र तपाईंको पवित्र मन्‍दिरमा मेरो बिन्‍ती तपाईंले सुन्‍नुभयो।
8ज-जसले व्‍यर्थका मूर्तिहरू पुज्‍दछन्,
तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्।
9तर म तपाईंको प्रशंसा गाउनेछु,
तपाईंलाई बलिदान चढाउनेछु
र आफ्‍नो प्रतिज्ञा पूरा गर्नेछु।
उद्धार परमप्रभुबाट आउँछ।”
10तब परमप्रभुले त्‍यो माछालाई समुद्रको किनारमा योनालाई ओकेलिदिन आज्ञा गर्नुभयो र माछाले त्‍यसै गर्‍यो।

လက္ရွိေရြးခ်ယ္ထားမွု

योना 2: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ