YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

हबकूक 1

1
1हबकूक अगमवक्ताले पाएको अगमवाणी यही हो।
अन्‍यायबारे हबकूकको गुनासो
2हे परमप्रभु! कहिलेसम्‍म मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्‍ती सुन्‍नुहुन्‍छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्‍छ? 3किन तपाईंले मलाई यस्‍ता अन्‍याय हेर्न लगाउनुहुन्‍छ? यस्‍ता दुष्‍कर्म सहेर कसरी तपाईं हेरिरहन सक्‍नुहुन्‍छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्। 4कानुन कमजोर र बेकामको भएको छ र कहिल्‍यै न्‍याय हुँदैन। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन् र यसरी न्‍याय भ्रष्‍ट हुँदछ।
परमप्रभुको उत्तर
5 # प्रेरित 13:41 अनि परमप्रभुले आफ्‍ना प्रजालाई भन्‍नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्‍नेछौ, त्‍यसमा तिमीहरू छक्‍कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्‍तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्‍वास हुनेछैन। 6#२ राजा 24:2म बेबिलोनीहरूका हातमा राज्‍य-शक्ति दिनेछु। तिनीहरू डरलाग्‍दा र अधीर मानिसहरू छन्, अर्काका देशहरू विजय गर्न भनी तिनीहरू अघि बढिरहेका छन् र पृथ्‍वीको पल्‍लो छेउसम्‍म पुग्‍नेछन्। 7तिनीहरूले डर र आतङ्क फैलाउँदैजान्‍छन्। आफ्‍ना घमण्‍डले फुलेर तिनीहरू मनपरि गर्छन्।
8“तिनीहरूका घोडाहरू चितुवाहरूभन्दा चाँडो दगुर्छन् र भोकाएका ब्‍वाँसाहरूभन्दा पनि भयानक छन्। तिनीहरूका घोड-चढीहरू टाढा-टाढाबाट घोडामा चढेर अघि बढ्छन्। चिलले शिकारलाई झम्‍टेझैँ तिनीहरू बडो वेगले हानिएर आउँछन्।
9“उनका सेनाहरूले हिँसा गरी हमला गर्दै अघि बढ्छन्। बालुवा जतिकै अनगिन्‍ती कैदीहरू तिनीहरूले बनाउँछन्। 10तिनीहरूले राजाहरूलाई खिसी गर्छन् र भारदारहरूको हाँसो उडाउँछन्। कुनै किल्‍लाले तिनीहरूलाई रोक्‍न सक्‍दैन। माटोको ढिस्‍कुरो बनाई त्‍यसबाट किल्‍लामा चढी तिनीहरूले त्‍यो किल्‍ला कब्‍जा गर्छन्। 11तब अचानक तिनीहरू बतासझैँ जोडले बहेर लोप हुन्‍छ। तिनीहरू दोषी मानिसहरू हुन्, जसले आफ्‍नै शक्तिलाई आफ्‍नो देवता मानेका छन्।”
हबकूकको दोस्रो गुनासो
12हे परमप्रभु! तपाईं आदिदेखि नै परमेश्‍वर हुनुहुन्‍छ। तपाईं मेरा पवित्र र अनन्‍तका परमेश्‍वर हुनुहुन्‍छ। हे परमप्रभु, मेरा रक्षक र परमेश्‍वर! बेबिलोनीहरूले हामीलाई दण्‍ड देऊन् भनी तपाईंले तिनीहरूलाई छान्‍नुभयो र शक्तिशाली बनाउनुभयो। 13तर कसरी तपाईं यी धोखेबाज र दुष्‍ट मानिसहरूलाई हेरिरहन सक्‍नुहुन्‍छ? तपाईंको दृष्‍टि अति पवित्र छ र तपाईंले दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न। तपाईंले मानिसहरूको खराबी गरेको दृश्य पनि हेर्न सक्‍नुहुन्‍न। तब तिनीहरूले आफूभन्दा धर्मी मानिसहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्‍नुहुन्‍छ?
14तपाईंले कसरी मानिसहरूलाई शासकबिनाको माछा वा किरा फटेङ्‌ग्राका बथानजस्‍तो बनाउनुहुन्‍छ? 15माछा पक्रेझैँ बेबिलोनीहरूले मानिसहरूलाई बल्‍छीले पक्रन्‍छन्। जालमा पक्री तिनीहरूले मानिसहरूलाई उठाई लैजान्‍छन् र रमाउँदै कराउँछन् 16तिनीहरूले आफ्‍ना जालहरूलाई पनि पुज्‍छन् र तिनीहरूलाई बलि चढाउँछन् किनभने ती जालहरूद्वारा नै तिनीहरूले असलभन्दा असल थोकहरू र भोजन पाउँदछन्।
17के बेबिलोनीहरूले सधैँभरि जाति-जातिका मानिसहरूलाई जालमा पक्रेर दया नदेखाई मारिरहने छन् त?

လက္ရွိေရြးခ်ယ္ထားမွု

हबकूक 1: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ