YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

गलाती 4

4
1तर म भन्‍छु, हकवाला पनि नाबालक छउन्‍जेल बुबाको धनको मालिकै भए पनि कमारो जतिकै मात्र हुन्‍छ। 2बुबाले हेर-विचारमा राखुन्‍जेल ऊ अर्काकै अधीनमा रहन्‍छ। 3हामी पनि नाबालकजस्‍तै थियौं, संसारका आत्‍माहरूको अधीनमा थियौं। 4तर समय पूरा भएपछि परमेश्‍वरले आफ्‍नो छोरालाई पठाउनुभयो। उहाँ स्‍वास्‍नी-मान्‍छेको कोखबाट जन्‍मिएर आउनुभयो र यहूदी व्यवस्थाको अधीनमा जन्‍मनुभयो। 5#रोमी 8:15-17व्यवस्थाका अधीन हुनेहरू त्‍यसबाट छुटकारा पाएर परमेश्‍वरका छोरा-छोरी हुन सकून् भनेर नै उहाँ व्यवस्थाको अधीनमा हुनुभयो। 6हामी परमेश्‍वरकै सन्‍तान हौं भनी देखाउन उहाँले आफ्‍ना छोराको आत्‍मा हाम्रो हृदयमा राखिदिनुभएको छ। त्‍यही आत्‍माले हाम्रा हृदयबाट “हे अब्‍बा, हे बुबा,” भन्‍नुहुन्‍छ। 7यसकारण तिमीहरू अब कमारा होइनौ, परमेश्‍वरका छोरा हौ। छोरा हौ भनेता परमेश्‍वरले तिमीहरूलाई हकवाला पनि बनाउनुहुन्‍छ।
8तिमीहरूले परमेश्‍वरलाई नचिनेर देवताहरूलाई पुज्‍दथ्‍यौ, जो परमेश्‍वर होइनन्। 9तर अब त तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ अथवा यसो भनौं, परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुभएको छ र अब कसरी ती पुरानै कमजोर बेकम्‍मा आत्‍माहरूकहाँ फर्की जान चाहन्‍छौ? तिमीहरू फेरि किन तिनीहरूको कमारा बन्‍न चाहन्‍छौ? 10तिमीहरू विशेष दिन, महिना, ऋतु र साललाई पवित्र ठान्‍ने रीतिथिति पो मान्‍दछौ। 11मलाई चिन्‍ता लागेको छ। के मैले तिमीहरूका लागि व्‍यर्थै दु:ख गरें?
12दाजुभाइहरू, म बिन्‍ती गर्दछु, तिमीहरू पनि मजस्‍तै होइदेओ किनभने म पनि त तिमीहरूजस्‍तै भइदिएको छु। तिमीहरूले मलाई केही नराम्रो गरेका छैनौ। 13तिमीहरूलाई थाहै छ, सबैभन्दा पहिले तिमीहरूकहाँ सुसमाचार सुनाउँदा म बिरामी थिएँ। 14त्‍यस बेला मेरो बिमारले तिमीहरूलाई अप्‍ठ्यारो पारेको थियो र पनि तिमीहरूले मलाई छि:छि: र दूर-दूर गरेनौ। तर उल्‍टै तिमीहरूले त परमेश्‍वरको दूतलाई र ख्रीष्‍टलाई झैँ मलाई स्‍वागत गर्‍यौ। 15अहो, त्‍यस बेला तिमीहरू कति खुसी थियौ, सम्भव भए त्‍यस बेला तिमीहरूले आफ्‍ना आँखा निकालेर मलाई दिनुपरे पनि दिन तयार थियौ। म यसको साक्षी छु। तर अहिले के भयो? 16अहिले म साँचो कुरा बोलेर के तिमीहरूको शत्रु भएँ? 17अरू मानिसहरूले पनि तिमीहरूमा ठूलो चासो देखाउँदछन्। तर राम्रो चिताएर त होइन। उनीहरू मबाट तिमीहरूलाई फुट गराएर आफैंतिर तान्‍न चाहन्‍छन्। 18म तिमीहरूसँग हुँदा मात्र होइन नहुँदा पनि सधैँ राम्रो कुरामा जोशिलै हुनु असल हो।
19मेरा बालकहरू, तिमीहरूमा ख्रीष्‍टको स्‍वभाव नबनिएसम्‍म व्‍यथा लागेकी सुत्‍केरीजस्‍तै दु:ख मलाई लागिरहन्‍छ। 20अहिले नै म त्‍यहाँ भए मैले यसरी कुरा गर्नुपर्ने थिएन। तर टाढाबाट मैले के गर्ने? म अन्‍योलमा परेको छु।
हागार र साराको तुलना
21व्यवस्थाको अधीनमा बस्‍न चाहनेहरूलाई म सोध्‍छु। के तिमीहरू व्यवस्थाका कुरा सुन्‍दैनौ? 22#उत्‍पत्ति 16:15; उत्‍पत्ति 21:2यसले भन्‍छ, अब्राहामका दुईटा छोरा थिए, एउटा कमारी पत्‍नीपट्टिको, अर्कोचाहिँ स्‍वतन्‍त्र पत्‍नीपट्टिको। 23कमारीपट्टिको शरीरको इच्‍छाले जन्‍मिएको थियो तर स्‍वतन्‍त्र पत्‍नीपट्टिको चाहिँ परमेश्‍वरको प्रतिज्ञाको फल थियो। 24यसैबाट हामी बुझ्‍न सक्‍छौं, ती दुईटी स्‍त्रीहरूले परमेश्‍वरसँगको दुई करारलाई बुझाउँछन्। सीनै पर्वतको व्यवस्थाको पुरानो करारचाहिँ कमारी हागार हो। यसका सन्‍तानहरू नै कमाराहरू हुन्।
25अरब देशको सीनै पर्वतचाहिँ कमारी हागारजस्‍तै हो। व्यवस्था मान्‍ने अहिलेको यरूशलेम र त्‍यसपछि लाग्‍ने जति सबै मानिस कमारीका सन्‍तानझैँ छन्। 26तर स्‍वर्गको यरूशलेम त स्‍वतन्‍त्र छ अनि हामी स्‍वतन्‍त्र यरूशलेम आमाका सन्‍तान हौं। 27#यशैया 54:1धर्मशास्‍त्रले पनि भन्‍दछ,
“छोरा-छोरी जन्‍माउनुनपर्ने बाँझी हो खुसीले रमाऊ,
सुत्‍केरी व्‍यथा थाहा नपाउने हो, खुसीले कराऊ
किनभने लोग्‍ने हुनेभन्दा नहुनेका धेरै सन्‍तान हुनेछन्।”
28दाजुभाइ हो, हामीहरू इसहाकजस्‍तै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सन्‍तान हौं। 29#उत्‍पत्ति 21:9शरीरको इच्‍छाअनुसार जन्‍मिने छोराले परमेश्‍वरको आत्‍माअनुसार जन्‍मिएको छोरालाई खेदो गर्‍यो र अझै पनि त्‍यस्‍तै छ। 30#उत्‍पत्ति 21:10तर धर्मशास्‍त्रले के भन्‍छ? “कमारी र उसको छोरालाई फालिदेओ किनभने कमारीको छोराले स्‍वतन्‍त्र स्‍त्रीबाट जन्‍मेको छोरासँग कुनै हक पाउँदैन।” 31यसैकारण प्रिय दाजुभाइहरू, हामी कमारीका सन्‍तान होइनौं, तर स्‍वतन्‍त्र आमाका सन्‍तान हौं।

လက္ရွိေရြးခ်ယ္ထားမွု

गलाती 4: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ